गौरीशंकरको गुरुम्फीमा इलाका प्रहरी कार्यालय

 आवाज अनलाइन     १९ श्रावण २०७५, शनिबार

दोलखा, साउन १९

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको गुरुम्फीमा इलाका प्रहरी कार्यालय स्थापना गरिएको छ ।
गौरीशंकर गाउँपालिका वडा नं ६ को गुरुम्फीमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले इलाका प्रहरी कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रहरी सेवाबाट ओझेल परेको गौरीशंकर गाउँपालिकामा पर्ने साविकका झ्याकु, सुरी, चंखु, मार्बु र खारे गाविसहरुमा प्रहरीको सहज सेवा प्रदान गर्ने र शान्तिसुरक्षा व्यवस्था गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालयको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तस्विरः जिल्ला प्रहरी कार्यालय, दोलखा

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF