क्षेत्रीय होटल संघमा रञ्जित

 आवाज अनलाइन     १९ श्रावण २०७५, शनिबार

दोलखा, साउन १९

क्षेत्रीय होटल संघ दोलखाको अध्यक्षमा रञ्जित कुमार पाठक निर्वाचित भएका छन् । आज भएको संघको दोस्रो जिल्ला अधिवेशनले पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्षेत्रीय होटल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमितिको निर्विरोध निर्वाचन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सीताराम घिमिरे, सचिव प्रकाश बुढाथोकी र कोषाध्यक्षमा सदीपबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पुष्कर अधिकारी, गणेश विक्रम शाही, नविना तामाङ गोले, निमा शेर्पा, शक्ति थापा, सन्तवीर तामाङ, रोशन श्रेष्ठ र रिवन बहादुर वस्नेत निर्वाचित भएका छन् ।
जिल्लाभरिका होटल व्यवसायीहरु आबद्ध क्षेत्रीय होटल संघमा हाल १०८ सदस्य रहेका छन् ।
संघको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठक, उद्योग बाणिज्य संघ दोलखाका उपाध्यक्ष दिनेश बस्नेत, पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF