नेपाली लायन्स संसारमा उत्कृष्ट

 आवाज अनलाइन     १९ श्रावण २०७५, शनिबार

काठमाडौँ, साउन १९

लायन्स क्लब इन्टरनेशलनका डाइरेक्टर मोहम्मद अद्रेशले लायन्स क्लबको माध्यमबाट नेपालमा भैरहेको मानवीय सेवाले संसारमा नेपालीहरुप्रति सम्मान बढेको बताएका छन् ।
लायन्स क्लव्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ को पहिलो क्याबिनेट बैठकको उद्घाटन गर्दै अद्रेशले सो कुरा बताएका हुन् । बैठकको आयोजना एरिया नम्वर एक काठमाडौंले गरेको हो ।
कार्यक्रममा पाष्ट इन्टरनेशनल डाइरेक्टर संजय खेतानले संसारभर नेपाली लायन्सले पु¥याएको योगदान प्रशंसनीय भएको बताए ।
डिष्ट्रिक्ट गर्भनर सुनिल ओझाको सभापतित्वमा भएको कार्यक्रममा १ हजार ३ सय जना सहभागी थिए ।
बैठकमा तीनसय छयासी वटा क्लवको सहभागिता रहेको थियो ।
कार्यक्रममा लायन्स सदस्यहरुलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF