प्रेमचरी निर्माण हुने

 अावाज स‌‌वाददाता     २१ श्रावण २०७५, सोमबार

प्रेमकथामा प्रेमचरी नामक फिल्म निर्माण हुने भएको छ । बिचल किरातीको निर्देशनमा बन्ने फिल्मको शुक्रबार शुभमुहूर्त गरिएको हो ।

फिल्ममा पुष्कर रेग्मी, रेस्मा सुवेदी, सपना ओली, सञ्जयश्री, मनमोहन ठाकुर (दिलीप)लगायत कलाकार मुख्य भूमिकामा रहनेछन् । यसअघि भोजपुरी फिल्म निर्माण गरेका सञ्जयश्री र मोनिकाकुमारी ठाकुर निर्माता रहेको फिल्मको कथा चन्द्र भट्टराईले लेखेका हुन् ।

ओम सुनारको संगीत रहेको फिल्मको सुटिङ काठमाडौंलगायत विभिन्न स्थानमा गरिनेछ । रामजी लामिछानेले कोरियोग्राफी र रेवन्त थापाले द्वन्द्व निर्देशन गर्ने फिल्म पवन गौतमले खिच्नेछन् । सुटिङ भने भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।