पारस भन्छन्- एसिया कप अर्को ठूलो अवसर

 अावाज स‌‌वाददाता     २१ श्रावण २०७५, सोमबार

 नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुमा नेपाली क्रिकेटका कप्तान पारस खड्काले नेदरल्यान्ड्ससँको एक दिवसीय क्रिकेट सिरिसमा नेपालको प्रदर्शन राम्रो रहेको प्रतिक्रिया दिए।

पारसले नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ।

छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। ६ टिममध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ। नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्। त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।