खोलाले बगाएर मृत्यु
आवाज अनलाइन २२ श्रावण २०७५, मंगलवार
दोलखा, २२ साउन
कालिञ्चोक गाउँपालिकामा वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ ।
सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार खड्काको शव घटनास्थलबाट दुई तीन फिट तल फेला परेको थियो । घटना सोमबार भए पनि राति अबेर मात्रै खबर प्राप्त भएकाले घटनास्थलमा आज बिहान मात्रै प्रहरी टोली पुगेको प्रहरी निरीक्षक काफ्लेले बताए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।