जसले ६६ वर्ष पछी साढे ६ फिट लामो नङ काटे

 अावाज स‌‌वाददाता     २४ श्रावण २०७५, बिहीबार

भारत पूणेका श्रिधर चिललले १४ वर्षको उमेरदेखि नै आफ्नो बायाँ हातका औंलाको नङ पाल्न सुरु गरेका थिए।

उनी अहिले ८२ वर्षका भए, जसले एउटा हातको लामो नङको विश्व रेकर्ड राख्न सफल भएका छन्। चिलल भारतबाट अमेरिका उडे र बुधबार न्यूयोर्कमा एक समारोहबीच सानो फलाम काट्ने मेसिन नै प्रयोग गरी आफ्नो नङ काटे। न्यूयोर्कस्थित टाइम्स स्क्वायरले त्यो नङ प्रदर्शनमा राखेको छ।

चिललले ६६ वर्षसम्म पालेका नङ खास कति लामा छन् त? सबैभन्दा लामो नङ साढे ६ फिट लामो छ, जुन बुढी औंलाको नङ हो। ‘अन्तिम पटक नाप्दा त्यो नङ ९०९.६ सेमी (२९ फीट १०.१ इन्च) लामो थियो’, गिनिज बुक अफ वल्र्ड रेकर्डले भनेको छ।

लामो समय असामान्य रुपमा नङ पाल्दा पनि श्रिधरको सामान्य जीवन शैली रोकिएन। विवाहित उनका दुई बालबालिका थिए र फोटोग्राफरका रुपमा काम गर्थे।

तर लामो समय यसरी लामा लामा नङ पाल्दा उनको बायाँ हातका औंलामा असर परेको छ। उनी आफ्नो हात मुट्ठी पारेर खोल्न सक्दैनन्।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।