काठमाडौँ बस्ने दोलखालीका लागि तामाकोशीको शेयर आवेदन गर्ने समय एक साता थप

 आवाज अनलाइन     २४ श्रावण २०७५, बिहीबार

काठमाडौ, साउन २४

बहुप्रतीक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरका लागि आवेदन गर्ने समय काठमाडौँ उपत्यकामा बसोबास गर्ने दोलखालीका लागि एक साता थप गरिएको छ । समय थप गर्नका लागि धितोपत्र बोर्डले समेत स्वीकृति दिइसकेको छ ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने दोलखालीहरुका लागि लक्षित गर्दै सनराइज बैंकमार्फत खुला गरिएको शेयर आवेदन एक साताका लागि थप गरिएको माथिल्ला तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । सुरुमा १० दिनका लागि शेयर आवेदन खुला गरिएको भए पनि आवेदकहरुको अत्यधिक चापका कारण एक साता समय थप गरिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । काठमाडौँ बस्ने दोलखाका लागि निर्धारण गरिएको समय भोलि साउन २६ गेतबाट सकिँदै थियो ।
यही साउन १६ गतेदेखि शेयर आवेदन खुला गरिएकोमा हिजोसम्म झण्डै ५० हजारले आवेदन गरिसकेकोमा करिब ४५ हजारले काठमाडौँबाट मात्रै आवेदन गरेको आयोजनाले जनाएको छ । यसबाट करिब एक अर्ब रुपैयाँ संकलन भएको आयोजनाले जानकारी दिएको छ । काठमाडौँबासीहरुका लागि १० दिनको समय निर्धारण भएकोमा आवेदकहरुको अत्यधिक चापका कारण १० दिनको समय थप गरिएको हो । उपत्यकाबाट शेयर आवेदन गर्नेहरुको चाप नघटेका कारण समय थप गर्न जिल्ला समन्वय समिति दोलखाले पनि निर्णयसहित अनुरोध गरेको थियो ।
दोलखामा बसोबास गर्ने दोलखालीहरुका लागि भने भदौ १४ गतेसम्मका लागि शेयर आवेदन गर्ने गर्ने समय निर्धारण गरिएको छ ।
आयोजनामा दोलखाबासीका लागि कुल १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्कान भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।