मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्का ८ निर्णय
अावाज सवाददाता ३० श्रावण २०७५, बुधबार
मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ८ निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार यस्ता छन् मन्त्रिपरिषद्का ८ निर्णय
१.बालबालिका सम्बन्धि कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने
२.खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धि बिधेयक संसदमा पेश गर्ने
३.रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक संसदमा पेश गर्ने
४ निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा परिक्षक सुरेश प्रधानलाई तोक्ने
५.मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने प्रयोजनका लागि बुढानिलकण्ड क्षेत्रको ९ आना जग्गा अधिकरणका लागि स्वीकृती दिने
६. परराष्ट्र मालिम अध्ययन प्रतिष्ठान अध्ययन विकास समितिलाई पुर्नगठन गर्ने। जसमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्रा डा मिना बैद्य मल्ल, हरि फु¥याल, हिमालय थापा, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादबलाई ३ वर्षका लागि नियुक्त गर्ने
७. बोनस (चौथो संशोधन) नियमावली २०७५ स्वीकृत गर्ने
८.नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।