नेपथ्य तेस्रोपटक बेलायतमा
अावाज सवाददाता ५ भाद्र २०७५, मंगलवार
सांगीतिक ब्यान्ड नेपथ्य तेस्रोपटक बेलायतमा प्रस्तुत हुने भएको छ । नेपथ्यले आउँदो १६ भदौमा ओ टु एकेडेमीमा प्रस्तुति दिने तयारी गरेको हो । पाँच वर्षअघि नेपथ्यले विम्बले एरेनामा, तीन वर्षअघि लन्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुति दिएको थियो ।
हालै अमेरिकाको बोस्टन र टेक्सासपछि जापानको टोकियो डोममा नेपथ्यले कार्यक्रम प्रस्तुत गरेको थियो ।
ब्यान्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिए । नेपथ्यले प्रस्तुति दिन लागेको हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टीजस्ता हस्ती एवं टोलीहरूले प्रस्तुति दिइसकेका छन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।