तामाकोशीको शेयर हाल्न नक्कली नोट !

 आवाज अनलाइन     ८ भाद्र २०७५, शुक्रबार

दोलखा, भदौ ८

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको दोलखाबासीले पाउने शेयर हाल्ने समय सकिँदै जाँदा नक्कली नोटको समेत प्रचलन भएको छ ।
आयोजनाको शेयर माग गर्ने दोलखाबासीले प्रचलन गरेको एक हजार दरका १२ थान नक्कली नोट दोलखा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दोलखाका विभिन्न बैंकहरुबाट १२ थान नक्कली नोट बरामद गरेको जनाएको छ ।
आयोजनाको लागि शेयर आवेदन गर्नेबाट बरामद भएको नोट पुरानो जस्तो देखिन्छ । नोटको कारोबार धेरै र भीडभाडमा हुने यो समयमा सजग रहन सबै नागरिक, शेयर सदस्य, बैंक तथा वित्तीय संस्थाहरुलाई दोलखा प्रहरीले अनुरोध गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF