भोलिदेखि ग्लोबलको ‘ एजुकेशन मन्थ’

 आवाज अनलाइन     ९ भाद्र २०७५, शनिबार

काठमाडौं, भदौ ९

अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्न ख्याति कमाएको ग्लोबल कन्सल्टले यही भदौ १० गतेदेखि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
काठमाडौंको मीनभवन स्थित आफ्नै कार्यालयमा गरिने उक्त मेलामा आठ बर्षदेखि अष्टे«लियामा माइग्रेसन एजेन्टको रुपमा ख्याति कमाएका दिपक क्षेत्रीले विद्यार्थीहरुलाई परामर्श दिनेछन् ।
अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि र नेपालका ख्यातिप्राप्त मनोविज्ञहरुले विद्यार्थीहरुलाई अष्टे«लियाको शिक्षा, रोजगार र भिसासँग सम्वन्धित सम्पूर्ण विषयमा जानकारी प्रदान गरिने ग्लोबल कन्सल्टका सिईओ भोजराज न्यौपानेले जानकारी दिए ।
‘एजुकेशन मन्थ’ नाम दिइएको उक्त मेला एक महिना सम्म सञ्चालन हुनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।