भालुको आक्रमणबाट महिला घाइते
आवाज अनलाइन ११ भाद्र २०७५, सोमबार
दोलखा भदौ ११
विगू गाउँपालिका ३ मा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । विगू ३ बुलुङकी ५० वर्षीया विष्णुकुमारी श्रेष्ठ भालुको आक्रमणबाट घाइते भएकी हुन् ।
हिजो दिउँसो उनी आफ्नो घरबाट ३ किलोमिटरको दूरीमा रहेको चौँरी गोठमा घाँस हाल्न जाने क्रममा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
दायाँ हात र अनुहार चिथोरिएकी उनलाई चरिकोट प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाडौँ पठाइएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।