सालकको खपटासहित एकजना पक्राउ

 आवाज अनलाइन     ११ भाद्र २०७५, सोमबार

दोलखा, भदौ १०

भीमेश्वर नगरपालिका ७ बाट जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले आज एकजनालाई सालकको खपटासहित पक्राउ गरेको छ ।
भीमेश्वर नगरपालिका ६ का ५३ वर्षीय होमबहादुर थापालाई सालकको खपटासहित आज विहान ९ बजे भीमेश्वर नगरपालिका ७ भुलभुलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बरामद गरिएको सालकको छालासहितको खपटा २७ इन्च लम्बाइ र ३८० ग्राम छ ।
विशेष सुराकीको आधारमा प्रहरीको विशेष टोलीले संरक्षित जनावर सालकको पुच्छर, छाला र नङ्ग्रासहितको खपटा बरामद गरेको हो । व्यापार गर्ने उद्देश्यले बोकी हिँडेको उअवस्थामा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका उनले आफूले ३ वर्षअघि घरनजिकै आएको सालकलाई लठ्ठीले हानेर मारेको र मासु समेत खाएको स्वीकारेका छन् । उनले सालकको छाला बिक्री हुन्छ भन्ने थाहा पाएकोले लोभ लागेर मारेको पनि स्वकार गरेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF