दोलखालीले भदौ २१ सम्म सेयर आवेदन दिन पाउने

 अावाज स‌‌वाददाता     १४ भाद्र २०७५, बिहीबार

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जिल्लावासीको लागि छुट्टाईएको सेयर भर्ने म्याद सात दिन थप भएको छ । जिल्ला समन्वय समिति दोलखाको आग्रह अनुसार धितोपत्र बोर्डले विहिवार सेयर भर्ने म्याद एक हप्ता थप गर्ने निर्णय गरेको हो । जिल्लाको  जनसंख्याको हिसाबले आधि भन्दा केहि बढीलेमात्र सेयर आवेदन भरेकोले म्याद थपको लागि  धितोपत्र बोर्डलाई आग्रह गरिएको र सोहि अनुसार धितोपत्र बोर्डले विहिवार  सेयर भनेृ म्याद एक हप्ता थप गरेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट प्राप्त तथ्याङ्क अनुसार मंगलवारसम्ममा एक लाख ६७ हजार दोलखालीले सेयरको लागि आवेदन भरेका छन् । दोलखाको लामाबगरमा निमार्णाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनामा दोलखालीको लागि एक अर्ब ५ करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता (१० प्रतिशत) सेयर छुट्टाईएकोमा मंगलवारसम्म एक लाख ६७ हजार दोलखालीबाट २ अर्ब ६९ करोड रकम सङ्कलन भएको आयोजनाका प्रवक्ता डा न्यौपानेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।