एक महिनादेखि अवरुद्ध धुन्चे–रसुवागढी सडक सुचारु

 अावाज स‌‌वाददाता     २० भाद्र २०७५, बुधबार

एक महिनादेखि अवरुद्ध धुन्चे–स्याफ्रु–रसुवागढी सडक रुचारु भएको छ। बर्षायामसँगै बाढी तथा पहिरोले क्षति पुर्याएको पासाङल्हामु राजमार्गको धुन्चे–रसुवागढी सडकखण्ड मंगलबारदेखि सुचारु भएको हो।

अवरुद्ध सडक मर्मत सम्पन्न भएसँगै नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा साना तथा ठुला सवारी साधन संचालनमा आएका छन्। नाकामा सवारी साधन, व्यापारी तथा व्यवसायीको चाप बढेको नेपाल सीमापार व्यापार संघका अध्यक्ष कामिनुर्पू तामाङले बताए। उनले भने ‘बाटो नभएपछि नाका सुनसान थियो, बाटो खुलेपछि फेरि चहलपहल सुरु भएको छ’।

धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर कच्ची सडकको एक स्थानमा पहिरो र तीन स्थानमा बाढीले क्षति गरेको थियो। गत साउन ११ गते बाढीले घट्टेखोलामा रहेको पुलमा क्षति गरेपछि सवारी आवागमनमा रोक लगाइएको थियो।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF