निर्माण व्यावसायी संघ दोलखाकाे अध्यक्षमा घिसिङ

 अावाज स‌‌वाददाता     २९ भाद्र २०७५, शुक्रबार

निर्माण व्यावसायी संघ दोलखाको अध्यक्षमा सम्सेर घिसिङ निर्वाचित भएका छन् । बिहिबार चरिकोटमा सम्पन्न सातौं जिल्ला अधिवेशन एवम् १३ औं साधारण सभाको बन्द सत्रबाट घिसिङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा राजेश कुमार श्रेष्ठ, सुर्य बहादुर आचार्य(वालकृष्ण), दावासांगे शेर्पा र राजु लामा, महाँसचिवमा राजेश थापा, सचिवमा शुरेस थापा निर्वाचित भएका निर्वाचन समिति संयोजक बद्रिकुमार श्रेष्ठले बताए ।

सघंको कोषाध्यक्षमा कृष्ण बहादुर दाहाल र सह–कोषाध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा विष्णु प्रसाद उप्रेती र महिला सदस्यमा विना अधिकारी निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्यहरुमा छबिलाल तामाङ, गणेश बहादुर थापा, लाल बहादुर तामाङ, रोशन श्रेष्ठ , सोम बहादुर उप्रेती र राजु रिमाल रहेका छन् ।थप पाँच जनालाई पहिलो बैठकबाट मनोनित गरिने नव निर्वाचित अध्यक्ष  घिसिङले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।