यौन हिंसाविरुद्ध ‘फाइट व्याक’ अभियान

 आवाज अनलाइन     ६ आश्विन २०७५, शनिबार

दोलखा, असोज ६

मुलुकमा महिलामाथि हुने यौन हिंसा बढ्दै गएका बेला दोलखा प्रहरीले यौन हिंसा विरुद्ध महिला तथा बालिकाहरुलाई प्रोत्साहन दिने उद्देश्यले १५ दिने ‘फाइट व्याक’ कार्यक्रम सञ्चालन गरेको छ ।
आज दोलखा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य पार्वत गुरुङको प्रमुख आतिथ्यमा फाइट व्याक कार्यक्रमको सुरुवात गरिएको छ ।
महिला तथा बालिका विरुद्ध हुने यौन हिंसामा उनीहरुले गर्नुपर्ने प्रतिकारलाई ‘फाइट व्याक’को रुपमा लिइएको छ ।
महिला तथा बालिका हिंसा विरुद्धको अभियानको सुरुवात दोलखा सदरमुकामस्थित टुँडिखेलबाट भएको थियो । सदुरमुकामस्थित कालिन्चोक मावि, राइजिङ स्टार बोर्डिङ स्कुल, अल्पाइन पव्लिक स्कुल, त्रिपुरा बोर्डिङ स्कुल, पशुपति कन्या मन्दिर मावि, गौरीशंकर बोर्डिङ स्कुल, कालिन्चोक बोर्डिङ स्कुल लगायतका विद्यालयका बालिकाहरुको सहभागितामा ¥यालीको आयोजना गरिएको थियो ।
टुँडिखेलबाट सुरु भएको ¥याली चरिकोट बजार, पाटीखोला हुँदै सिम्पानी हलमा पुगी सभामा परिणत भएको थियो ।
‘म खेलौना होइन’, ‘मेरो शरीर, मेरो अधिकार’, ‘अपराध लुकाउनु, अपराध बढाउनु हो’, ‘मेरो मञ्जुरीविना तपार्इँ मलाई छुन पाउनुहुन्न’, ‘सेक्सुअल क्राइम प्रिभेन्सन इज पोसिवल’, ‘आज म हिंसामा परेँ, भोलि तपाईँ पर्नुहोला’, ‘फाइट व्याक, पुलिस इज विथ यू’ जस्ता विभिन्न नारासहितको प्लेकार्ड बोकेर विद्यार्थी लगायतले बजार परिक्रमा गरेका हो ।
१५ दिनसम्म चल्ने उक्त अभियानमा दोलखाका विभिन्न विद्यालयमा यौन दुव्र्यवहार, यौन हिंसा, यौन हिंसामा कानुनी सयाय, यौन हिंसा रोक्न अभिभावक सचेत हुनुपर्ने कुराहरु, बालबालिका तथा किशोरीहरु स्वयं कसरी सुरक्षित रहने भन्ने विषयमा विद्यालयमै गई प्रशिक्षण दिइने दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले कार्यक्रममा जानकारी गराए ।
महिला तथा बालबालिका यौन हिंसा विरुद्धको अभियान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, रणभीम गणका गणपति विदुर अधिकारी, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामा लगायतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।