१० वर्षीय बालकको हत्या अभियोगमा आफ्नै काका पक्राउ

 आवाज अनलाइन     ११ आश्विन २०७५, बिहीबार

दोलखा, असोज ११

दोलखा जिल्ला शैलुङ गाउँपालिका ८ का एक बालकको हत्या अभियोगमा आफ्नै काका पक्राउ परेका छन् । शैलुङ ८ का कुशल विकको हत्या अभियोगमा उनका काका उमेश विक पक्राउ परेका हुन् ।
कक्षा ३ मा अध्ययनरत १० वर्षका कुशल विक घरबाट हराएको १४ दिनपछि हिजो घर नजिकैको जंगलमा उनको शव फेला परेको थियो । अनुसन्धानको क्रममा मृतकका काका २५ वर्षीय उमेश विकलाई आज प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार अभियुक्त विकले अपराध स्वीकारिसकेका छन् । किटानी जाहेरीपछि थप अनुसन्धान भैरहेको दोलखा प्रहरीले जनाएको छ ।
त्यसैगरी गत भदौ १६ गते तामाकोशी गाउँपालिका ६ मा ५ वर्षीया बालिका बलात्कारको अभियोग लागी फरार रहेका सोही गाउँ बस्ने कमल बझगाईँलाई पनि काठमाडौँ कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF