रेमिट्यान्स ३३ प्रतिशतले बढ्यो

 अावाज स‌‌वाददाता     १४ आश्विन २०७५, आईतवार

नेपाल राष्ट्र बैंकका अनुसार  रेमिट्यान्स आय भने ३३ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा  मात्रै नेपालमा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो आवको भन्दा ३३.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स वृद्धिदर ७ प्रतिशत मात्रै रहेको थियो । खाडीमा रहेका नेपालीको पारिश्रमिक बढेको र डलरको भाउ पनि बढेका कारण रेमिट्यान्स आय उच्चदरमा बढेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

‘अहिले रेमिट्यान्स आय ३३ प्रतिशतले बढेको छ, जबकि अघिल्लो आवमा यस्तो आय वृद्धिदर ७ प्रतिशत मात्रै थियो,’ उनले भने, ‘डलर मूल्य बढ्नु, विश्व अर्थतन्त्रमा सुधार आउनु, औपचारिक माध्यमबाट विप्रेषण प्रवाह बढ्नु र खाडीमा रहेका नेपालीको ज्याला बढ्नुले रेमिट्यान्स आय उच्चदरले बढाएको हो ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF