बलात्कार घटनाका दोषीलाई कारबाहीको माग

 आवाज अनलाइन     १५ आश्विन २०७५, सोमबार

दोलखा, असोज १५

नेपालमा दिनानुदिन भैरहेको बालिका बलात्कार, हत्या तथा महिला हिंसाका घटनाका दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, दोलखामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाहीको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च दोलखाले ९ बुँदे माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
राष्ट्रिय महिला अधिकार मञ्चको अभियानमा देशव्यापी रुपमा जिल्लास्तरमा रहेको जिल्ला स्तरीय महिला अधिकार मञ्चको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार दोलखा जिल्लामा रहेको विभिन्न २३ वटा संघसंस्था तथा व्यक्तिहरुको ऐक्यवद्धतामा ध्यानाकर्षणका निमित्त आज जिल्ला प्रसाशन कार्यालय दोलखामा सहायक प्रमुख जिल्ला अधिकारी निमेष मिश्र समक्ष ज्ञापन पत्र बुझाएको हो ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।