सालकको खबटासहित २ जना पक्राउ

 आवाज अनलाइन     २३ आश्विन २०७५, मंगलवार

दोलखा, असोज २३

संरक्षित वन्यजन्तुको सूचिमा रहेको सालकको झण्डै ३ केजी खबटासहित दोलखा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले सालकको २ केजी ९ सय ग्राम सालकको सिन्धुली जिल्ला कमलामाई नगरपालिका ३ का २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोलेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई भीमेश्वर नगरपालिका ३ को लामाचौर सामुदायिक वनको शिव मन्दिरआसपासबाट उक्त परिमाणको सालकको खबटासहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीहरुलाई म्याद थप गरी डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखाले मात्र २०७१ असोज २२ गतेदेखि हालसम्म विभिन्न मिति तथा स्थानबाट १० केजी ८०० ग्राम सालकको खपटा बरामद गरेको छ । यही साउन २५ गतेमात्र भीमेश्वर नगरपालिका–७ निवासी होमबहादुर थापालाई सालकको ३८० ग्राम खबटासहित पक्राउ गरिएको थियो ।
विश्वमै सालक सबैभन्दा बढी सिकार गरिने जनावरमा पर्दछ । विश्वमा आठ प्रजातिका सालक पाइने भए पनि नेपालमा भने ३ प्रजातिका सालक पाइने बताइएको छ । नेपालमा संकटग्रस्त कालो सालक, लोपोन्मुख तामे सालक र केही जिल्लामा सेतो सालक पाइने बताइएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF