बडा दशैँको अवसरमा सशस्त्र प्रहरीले टुँडिखेलमा पिङ थाप्यो

 आवाज अनलाइन     ३० आश्विन २०७५, मंगलवार

दोलखा, असोज ३०

हिन्दूहरुको महान चाड बडादशैँको अवसरमा सशस्त्र प्रहरी बल चरिकोटले सदरमुकामको टुँडिखेलमा लिङ्गे पिङ थापेको छ ।
पिङको उद्घाटन आज बिहान दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गरेका छन् । रिबन काटेपछि पिङ मच्चाएर उनले पिङको उद्घाटन गरेका हुन् ।
प्रमख जिल्ला अधिकारी पाठकसँगै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठक, सशस्त्र प्रहरी बल चरिकोटका प्रहरी नायव उपरीक्षक किरण कुमार कठायतले पनि पिङ मच्चाएर दशैँ पिङको उद्घाटन गरेका थिए ।
आधुनिकतासँगै पिङ संस्कृति लोप हुँदै गएका बेला सशस्त्र प्रहरी बलले संस्कृति झल्काउने गरी लिङ्गे पिङ थापेको हो ।

dav

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF