ओलीले मन्त्रालय फेरि बाँडे

 आवाज संवाददाता     ३० असार २०७३, बिहीबार

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि ८ मन्त्रालय बाँडेका छन् । माओवादीका मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त मन्त्रालय सरकारमा रहेका मन्त्रीहरुलाई थप मन्त्रालयको बाँडेर दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपतिलाई पत्र लेख्दै मन्त्रीहरुलाई नयाँ जिम्मेवारी सुम्पेको अवगत गराएका हुन् । ‘मौजुदा मन्त्रिपरिषदमा ८ जना मन्त्रीहरुले राजिनामा दिई रिक्त हुन आएकोले नेपालको संविधानको धारा २९८ बमोजिम थप कार्यभार दिइएको’ पत्रमा उल्लेख छ ।

कस्ले कुन मन्त्रालय जिम्मा पाए ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी पनि राखेका छन् । यसैगरी, उपप्रधानमन्त्री बिजयकुमार गच्छादारलाई बन तथा भुसंरक्षणको जिम्मेवारी थपिएको छ । उपप्रधानमन्त्री भीम रावललाई रक्षासँगै गृृह मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

यसैगरी, अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उर्जा मन्त्रालय, श्रममन्त्री दिपक बोहोरालाई आपूर्ती मन्त्रालय, कानुन मन्त्री अग्निप्रसाद खरेललाई शिक्षा मन्त्रालय, रामकुमार सुब्बालाई सिंचाई मन्त्रालय र पशु विकास मन्त्री शान्ता मानवीलाई कृषि मन्त्रीको पनि जिम्मेवारी दिइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।