नेकपा दोलखाको कार्यालय स्थापना

 अावाज स‌‌वाददाता     ८ कार्तिक २०७५, बिहीबार

नेकपा दोलखाले सदरमुकाम चरिकोटमा कार्यालय स्थापना गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्यद्वय देवी खड्का र पार्वत गुरुङले कार्यालयको उद्घाटन गरेका छन् ।
तत्कालीन नेकपा (एमाले) दोलखाको कार्यालय रहेको मनमोहन स्मृति प्रतिष्ठानको भवनमै नेकपाको कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य खड्काले जतिसक्दो छिटो तल्लो तहमा एकीकरण गरिने बताइन् ।

नेकपा दोलखाको मंगलबार बसेको बैठकले पनि एक महिनाभित्रै पार्टी र जनवर्गीय संगठनको एकता टुंग्याउने निर्णय गरेको सचिव कुलबहादुर बुढाथोकीले बताए । त्यसका लागि देवी खड्का, पार्वत गुरुङ, ईश्वरचन्द्र पोख्रेल र गोपाल पाण्डेसहितको चार सदस्यीय समिति गठन गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF