आज नेकपाको चियापान, ५० हजारलाई निम्तो

 अावाज स‌‌वाददाता     १० कार्तिक २०७५, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विजया दशमी, तिहार, छठलगायत राष्ट्रिय पर्वहरूका अवसरमा शनिबार (आज) भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

अपराह्न १२ बजेबाट बेलुकी ५ बजेसम्म हुने चियापान कार्यक्रमका लागि ५० हजार निम्तो कार्ड बाँडिएको छ ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले चियापानमा करिब १ लाख सहभागी हुने अनुमान गरिएको बताए । चियापानलाई व्यवस्थित गर्न ३ सय स्वयंसेवक परिचालन हुने बताए ।

आगन्तुकलाई अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित सचिवालयका नेताले स्वागत गर्ने बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।