एक महिनाभित्र प्रदेश ३ को राजधानी टुंगिने

 अावाज स‌‌वाददाता     १२ कार्तिक २०७५, सोमबार

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महिनाभित्र राजधानीको टुंगो लाग्ने बताएका छन् । आइतबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले तिहारपछि बस्ने संसद् बैठकले राजधानीको टुंगो लगाउने बताए ।

‘तिहारपछि बस्ने संसद् बैठक राजधानी टुंगो लगाएर मात्र उठ्छ,’ मुख्यमन्त्री पौडेलले भने । उनले प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने दाबी गरे । केन्द्र र प्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै उनले ऐन–कानुन बनिनसक्दा केही असहज भए पनि काम गर्न रोकावट नभएको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF