प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

 अावाज स‌‌वाददाता     १२ कार्तिक २०७५, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरािसक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा भर्ना गरिएको हो।

उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको हो।

शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF