भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस

 अावाज स‌‌वाददाता     २६ कार्तिक २०७५, सोमबार

मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ ।  सरकारले यसअघि निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको थियो ।

आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीको नाम हटाएर आचार्यको नाम सिफारिस गरेको हो । यस अघि भारतका लागि नेपाली राजदूत रहेका दीपकुमार उपाध्याय थिए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्न राजीनामा दिएपछि राजदूत पद रिक्त थियो ।

त्यस्तै सरकारले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेको नाम सिफारिस गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।