मन्त्रिपरिषद्का निर्णयहरु तत्काल जानकारी नगराउने

 अावाज स‌‌वाददाता     २६ कार्तिक २०७५, सोमबार

सरकारले मन्त्रिपरिषद्का निर्णयहरु तत्काल जानकारी नगराउने भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि मन्त्रिपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले भने, ‘अबदेखि मन्त्रिपरिषद्का निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको छ।’

यसअघि विशेष अवस्था बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।