डा. दुर्गा थापा पहिलो महिला एआइजी

 अावाज स‌‌वाददाता     २८ कार्तिक २०७५, बुधबार

 प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी छिन् । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् ।

डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।