डा. केसीको अनसनप्रति नयाँ शक्ति पार्टीको समर्थन

 आवाज संवाददाता     ३० असार २०७३, बिहीबार

काठमाडौं, ३० असार । चिकित्सा शिक्षाको क्षेत्रमा भएको विकृति, विसंगतिविरुद्ध प्रा।डा। गोविन्द केसीको अनशनप्रति नयाँ शक्ति नेपालले ऐक्यवद्धता जनाएको छ । संयोजक डा। बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपालको टोली अनशनस्थल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर डा। केसीलाई भेटी उनको मागप्रति ऐक्यवद्धता जनाएको हो ।

डा। केसीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संयोजक भट्टराईले चिकित्सा शिक्षाको क्षेत्रमा रहेको विकृति, विसंगति हट्नुपर्ने र माथेमा आयोगको प्रतिवेदनको सिफारिशहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए।

संयोजक भट्टराईले अहिले वर्तमान सरकारप्रति अविश्वास प्रस्ताव दर्ता भइसकेको र नयाँ सरकार नबनिसकेको अवस्थामा कसैले पनि जिम्मा नलिने खतरा रहेकोले डा। केसीको जीवनरक्षाका लागि सहज तरिका अपनाउनुपर्ने धारणा पनि उनले राखे । डा। केसीले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने पनि बताएका थिए ।

नयाँ शक्ति नेपालको टोलीमा सहसंयोजक महेश कर्मोचा, रामचन्द्र झा, प्रवक्ता खिमलाल देवकोटा लगायत पुगेका थिए । तर केसीका अरु माग जायज भए तापनि संसदले मात्र महाअभियोग लगाउन सक्ने अख्तियारका प्रमुख लोकमानसिं कार्कीलाई महाअभियोग लगाउने माग भने असान्दर्भिक भएको प्रतिक्रिया दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।