सुनखानी र काब्रे फ्रि वाइफाइ गाविस

 आवाज संवाददाता     ३१ असार २०७३, शुक्रबार

दोलखाको २ वटा गाविस फ्रि वाइफाइ हुने भएको छ । पहिलो चरणमा फ्रि वाईफाई हुनेमा सुनखानी र काव्रे गाविस रहेका छन् ।
फ्रि वाइफाइ बनाउन जिल्ला विकास समिति दोलखा, सम्बन्धित गाविसहरु र नेपाल टेलिकम बीच शुक्रबार सम्झौता भएकोे छ । सम्झौता अनुसार आइतबारबाट पूर्वाधार निर्माणको काम सुरु हुने स्थानीय विकास अधिकारी विष्णु शर्माले जानकारी दिए ।
साउन पहिलो साताबाट सञ्चालन हुने गरी सुनखानी गाविसको वडा न २ मा रहेको गाविस भवन आसपासवाट सरु हुने सुनखानीका गाविस सचिव भरत पौडेलले जानकारी दिए । काव्रेको मैनापोखरी वजारवाट सुरु हुने छ । आर्थिक वर्ष २०७३।०७४ भित्र गाविसका पुरै वडामा वाइफाइ फ्री हुने छ । हाल एक एक वडाबाट सुरु भए पनि वर्ष भरी ९ वटै वडा फ्रि वाईफाईयुक्त हुने स्थानीय विकास अधिकारी शर्माले बताए ।
गाविसमा वाइफाइ फ्री हुने भएपछि बालबालिकादेखि सवै उमेर समुहका स्थानीय खुसी भएका छन् । शैक्षिक संस्था, सामाजिक संघ सस्था लगायत सर्वसाधरण सवैमा सुचनाको पहुँच पुर्याउन गर्न सजिलो हुने भएको छ । गत फागुनमा सम्पन्न जिल्ला विकास समिति दोलखाको २२ औ जिल्ला परिषदले सन् २०२० सम्म जिल्लालाई फ्रि वाइफाइ बनाउने घोषणा गरेको छ ।
त्रिपक्षीय सम्झौता अनुसार जिल्ला विकास समितिले पूर्वाधारको काम गर्ने छ । त्यसैगरी नेपाल टेलिकमले सेवा उपलब्ध गराउने र गाविसले संरक्षण र शुल्क भुक्तानी गर्नु पर्ने छ । स्थानीय विकास अधिकारी शर्माले कुनै गाविसले चासो राखेर माग गरेमा यसै वर्ष थप पनि हुन सक्ने बताए ।
टेलिकम चरिकोटका प्रमुख श्याममणि अर्यालले सुचनाको पहुँच वृद्धि गर्न फ्रि वाईफाई महत्वपूर्ण हुने बताए । टेलिकमले काब्रे मैनापोखरीमा एडीएसएल मार्फत नै सेवा दिने उनले बताए ।
सुनखानी गाविसमा भने २ एमबीपीएस क्षमताको वाईम्याक्स मार्फत सेवा दिने तयारी रहेको छ । वाईम्याक्सबाट सेवा दिंदा एक वर्षमा १ लाख ५२ हजार खर्च लाग्ने जानकारी दिए । क्षेत्र विस्तार गर्दा डिभाइस थप्दै जानुपर्ने बताए । एउटा डिभाइसबाट २ सय मिटर वरपर प्रयोग गर्न सकिने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।