फुट्यो विवेकशील साझा पार्टी
अावाज सवाददाता २७ पुष २०७५, शुक्रबार
काठमाडौं- विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन् । उज्वलले निर्वाचन आयोगमा दर्ताका लागि दिएको नाममा नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ।
केही दिनअघि संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानको प्रतिवेदन बुझाएका थिए। त्यसपछि पार्टीभित्रको मदभेद सतहमा आएको हो।
पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको एक नेताले बताए।
रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको थियो।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।