बाबुरामको प्रस्ताव– पार्टी र व्यक्ति होइन, निर्वाचन र शासकीय प्रणाली फेरौं

 आवाज संवाददाता     १ श्रावण २०७३, शनिबार

काठमाडौं, १ साउन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रत्यक्ष कार्यकारी प्रणालीको पक्षमा जनमत निर्माण गर्न आव्हान गरेका छन् ।

शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै भट्टराईले अस्थीरतामा विकास र समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन् । ‘नेपालका प्रधानमन्त्रीहरुको कार्यकाल महिनामा ! ५ देखि २९ महिना !’ उनले लेखेका छन्, ‘यस्तो अस्थिरतामा कसरी विकास र समृद्धि प्राप्त हुनसक्छ ?’
उनले व्यक्ति र पार्टी फेरेर केही नहुने भन्दै शासकीय प्रणाली फेर्न आव्हान गरेका छन् । ‘अब पार्टी र व्यक्ति फेर्ने हैन, निर्वाचन र शासकीय प्रणाली फेरौं,’ उनले लेखेका छन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा जनमत निर्माण गरौं ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।