हिमाल रहेको जुगल गाउँपालिका र प्रदेश नम्बर तीनको संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइएको हो । चैत १५ गतेबाट टोली जुगलतर्फ लाग्नेछन् । यो आरोहण अवघि कम्तिमा २० देखि ३० दिन सम्म हुन सक्ने सगरमाथा आरोही माया गुरुङले जानकारी दिइन् ।
‘टोलीमा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाति, पर्वतारोहण विज्ञसहित सातजना समावेश हुनेछन्,’ मायाले भनिन्, ‘जुगल हिमश्रृङखलामा अहिलेसम्म मानव पाइला नपुगेको भर्जिन क्षेत्र भएकोले टोली हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, रुट पहिचान तथा निर्धारण लगायतका कार्यहरुमा पनि केन्द्रित हुनेछ ।’ काठमाण्डौ–गुम्बा तेम्बाथान–छेन्दाङ–नेपेमासाल–बुम्बाशेर्पु–आधारक्षेत्र, हाइक्याम्प हुँदै शिखर पुग्ने रुट तय गरिएको छ ।
राजधानी काठमाण्डौबाट १४५ किलोमिटर (सडक तथा पैदल) दुरीमा रहेको जुगल हिमश्रृंखला हाल सम्म औपचारिक रुपमा मानव पाइला नपरेको ‘भर्जिन’ क्षेत्र रहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठको दाबी छ । जुगल गाउँपालिका वडा नं ३ को उत्तरी भेगमा रहेको यस हिमश्रृखंलामा २ दर्जन भन्दा बढि चुचुरा रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । ३५ सय मिटरको उचाइमा रहेको नेपेमाशालको मनोरम दृश्य यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्यको आधार रहेको उनको भनाई छ
‘छोटो समयमा र थोरै खर्चमा ट्रेकिङ र हिमाल आरोहण चाहनेहरुका लागि उत्कृष्ट गन्तव्य जुगल हुन सक्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘राजधानीबाट नजिकै रहेर पनि ओझेलमा परेकाले आरोहण गराउन लागिएको हो ।’ उनले जुगल आरोहण सुरु भएपछि पर्यटनमार्फत जिल्लालाई समृद्धितर्फ लैजान सहज हुनेछ । जुगल हिमश्रृङ्खलामा २ दर्जन भन्दा बढी हिम चुचुराहरु रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । जुगल हिमाल आरोहणका क्रममा पुगिने नेपेमाशालमा धार्मिक दृष्टिले पवित्र स्थान भएको उनले जानकारी दिए ।
सो स्थानमा बौद्ध धर्मका गुरु पद्यमसम्भाले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीको लिखतहरु यस क्षेत्रमा सुरक्षित राखिएको किंवदन्ती छ । नेपेमासाल नजिकै रहेको ब्रहायणी नदी, हरियाली जंगल, जंगलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा रहेको जुगल हिमश्रृखलाको सुन्दरतम दृष्यले जो कोहीलाई पनि मोहित बनाउने उनको दावी छ ।
जुगल हिमालको बेस क्याम्पसम्म केबुलकार पु¥याउने योजनामा रहेको गाउँपालिकाले यस क्षेत्रको पर्यटन विकासका लागि विभिन्न योजना बनाइसकेको छ । लुकेर रहेका थुप्रै पर्यटकीय स्थान यो गाउँपालिकामा रहेकाले जुगल आरोहणपछि सबै स्थानको प्रचार हुने अध्यक्ष श्रेष्ठ बताउँछन् । श्रेष्ठले भ्रमणबर्ष २०२० का लागि सुचिकृत गन्तव्यका रुपमा यस क्षेत्रलाई राख्नका लागि पनि सम्बद्ध निकाय समक्ष आग्रह गरेका छन् ।
साभारः झुल्काबाट
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।