कोरियामा नेपाली कामदारको तलब बढ्यो, न्यूनतम तलब १ लाख ३० हजार
आवाज संवाददाता १ श्रावण २०७३, शनिबार
काठमाडौं– रोजगार अमुमति प्रणाली (इपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको न्युनतम तलब बृद्धि भएको छ ।
कोरियाको ज्याला निर्धारण समितिको १४ औं बैठकले कामदारको न्युनतम तलब बढाउने निर्णय गरेसँगै नेपाली कामदारको तलब पनि बढेको हो । कामदारको तलब ७.३ प्रतिशतले बढेअनुसार अब नेपाली कामदारको न्युनतम तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ ।
अब मजदूरले प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने छन् । हाल प्रतिघण्टा ६ हजार ३० वन पाउँदै आएका छन् । नयाँ निर्णय तलब सन् २०१७ देखि लागू हुने छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।