संविधानको धारा २९८ अनुसार यसरी बन्न सक्छ नयाँ सरकार

 आवाज संवाददाता     १ श्रावण २०७३, शनिबार

काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एमाले निकट कानुन व्यावसायीहरुले नयाँ सरकार गठनमा कानुनी जटिलता रहेको बताइरहेको बेला कानुनविद्हरुले संविधानको धारा २९८ अनुसार नै नयाँ सरकार गठन गर्न सकिने बताएका छन् ।

संविधानको यो त्यही धारा हो, जुन धारामा टेकेर वर्तमान सरकार गठन भएको थियो । एमाले नेताहरुले सरकार गठनमा कानुनी जटिलताको कुरा उठाउन थालेपछि काँग्रेस सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुनविद्हरुसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा कानुनविद्हरुले धारा २९८ अनुसार नै सरकार गठन गर्न कुनै कठिनाई नरहेको बताए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।