माथिल्लो तामाकोशीको कामदार बोकेको बस दुर्घटना : २ को मुत्यु

 आवाज अनलाइन     १ चैत्र २०७५, शुक्रबार

दोलखा, चैत १

दोलखा जिल्लाको विगू गाउँपालिका १ मा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार बोकेको बा ४ ख ४५७३ नं को रोल्वालिङ यातायातको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सुर्खेत जिल्ला चौकुने गाउँपालिका घर भएका ३८ वर्षीय दिनेश थापा र लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका ३ घर भएका ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दोलखाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
विगू गाउँपालिका वडा नं १ स्थित छ्योतछ्योतको चाइनिज क्याम्पबाट करिब ३० जना कामदार लिएर आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटोको लुप सेभेनमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा ८ जना गम्भीर घाइते र १२ जना सामान्य घाइते भएको बताइएको छ । गम्भीर घाइते भएका ८ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भैरहेको र सामान्य घाइते भएका १२ जनाको रोल्वालिङ सामुदायिक अस्पताल सिँगटीमा उपचार भैरहेको सशस्त्र प्रहरी बल, चरिकोट गुल्मपति प्रहरी नायव उपरीक्षक किरणकुमार कठायतले जानकारी दिए ।

तस्विर सौजन्यः सशस्त्र प्रहरी बल, चरिकोट गुल्म

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।