जस्ताको कटेरोमा आगोलागी हुँदा दोलखामा १ जनाको मृत्यु

 रचना सुवेदी     ३ चैत्र २०७५, आईतवार

चैत्र ३, दाेलखा – जस्ताको कटेरोमा आगोलागी हुँदा दोलखाकाे भीमेश्वर नगरपालिका – ४, ठूलोस्वाँरामामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुने ५७ वर्षिया खड्गप्रसाद चाैलागाइ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी बासुदेव पाठकले जानकारी दिए ।

भूकम्पपछि निर्मित कटेरोमा  गएराति चाैलागाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । कटेरो जलेर पूरै नष्ट हुँदा चौलागाईंको सुतेकै ठाउँमा पूरै जलेर मृत्यु भएको हाे ।

कसरी आगलागी भएको भन्ने विषयमा एकिन हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस्तीभन्दा केही माथि मृतक चौलागाईं एकल कटेरामा एक्लै बसोबास गर्ने गरेका थिए ।

मृतक चौंलागाईको परिवार कटेरोबाट ३० मिटर तल घरमा बस्ने गरेको जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।