रुकुममा छाेरी बलात्कार गरेको अारोपमा बावु पक्राउ

 आवाज संवाददाता     ५ चैत्र २०७५, मंगलवार

चैत्र ५, काठमाडौं – रुकुम जिल्लाको सानीभेरी गाउँपालिकामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन) बावुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । १७ वर्षीय छोरीलाई लगातार दुई वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएकी थिइन् ।

उनले गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरीमा उल्लेख भएको डिएसी खड्काले बताए । शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगई साथीकै घर बसेको अवस्थामा बलबहादुरले छोरीलाई जर्बजस्ती घर लैजाने क्रममा बाटोमा रहेको अर्कै व्यक्तिको गोठमा जर्बजस्ती गरेको पीडित किशोरीले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख गरिएको छ ।

गाउँ नजिकैको जंगलमा लुकिछिपि रहेको अवस्थामा गत सोमबार बेलुकी ४ बजे पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।