महासंघको भवन निर्माणलाई विगूको सहयोग

 आवाज अनलाइन     १३ चैत्र २०७५, बुधबार

दोलखा, चैत १३

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आधुनिक तथा सूचनामैत्री भवन निर्माणको लागि विगू गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ ।
विगू गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले आज २ लाख रुपैयाँको चेक नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरेका हुन् ।
महासंघको भवन गाउँपालिकामैत्री र दोलखाको नमूना भवन निर्माण हुन सकोस भन्दै गाउँपालिकाका अध्यक्ष खड्काले २ लाख रुपैयाँको चेक हन्तान्तरण गरेका हन् । यसअघि भीमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका, वैत्यश्वर गाउँपालिका र शैलुङ गाउँपालिकाले सहयोग गरिसकेको छ ।
महासंघको भवन निर्माण कार्य सदरमुकाम चरिकोटस्थित लामाचौरनजिकै भइरहेको छ । आठ कोठे र एकतले भवनको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।