प्रदेश २ का ८ जिल्लामा एसईईको विज्ञान विषयको परीक्षा रद्द

 आवाज संवाददाता     १४ चैत्र २०७५, बिहीबार

१४ चैत, काठमाडाै – प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

रद्द भएको परीक्षा चैत २२ गते गरिने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF