जुम्लामा निर्माणाधिन घर भत्किदा १ जनाको मृत्यु , एक जना घाइते

 आवाज संवाददाता     १४ चैत्र २०७५, बिहीबार

१४ चैत, काठमाडाै – जुम्लाको गुठिचौर गाउँपालिका ५ धिताचौरमा निर्माणाधिन घर भत्किदा चन्दननाथ नगरपालिका ५ का ५१ बर्षिया रत्नराज गिरीको मृत्यु भएको छ भने उनकी ४९ बर्षिया पत्नी हरिदेबी गिरी गम्भीर घाईते छिन् ।

उद्दार गरेर अस्पताल पुर्याइसकेपछि उपचारका क्रममा रत्नराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

निर्माणाधिन अवस्थामा रहेको घर भत्केको खबर पाउने बित्तिकै प्रहरी निरीक्षक नविन ओली नेतृत्वको टोली उद्दारका लागि घटनास्थल पुगेको थियो । मृतक गिरीकी पत्नी हरिदेवीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।