बालिका बलात्कार पछि हत्या गर्ने २ किशोरलाई जन्मकैदको फैसला

 आवाज संवाददाता     १४ चैत्र २०७५, बिहीबार

१४ चैत, काठमाडाै – उदयपुर रौतामाई गाउँपालिका – ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने २ किशोरलाइ जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र एक लाख रुपैयाँ आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महीना जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

गत कात्तिक ६ गते जङ्गलमा एक्लै बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई एउटै स्कूलका कक्षामा अध्ययन गर्ने ती दुई किशोरले जङ्गलमा पुगेर बालिकालाई यौन प्र्रस्ताव राखेका थिए । बालिकाले प्रस्ताव अस्वीकार गरेपछि बालिकाको बलात्कार गरेर हत्या गरेको आरोप दुई किशोरलाई लागेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF