३५ हजार घुससहित वन कार्यालयका कर्मचारी पक्राउ
आवाज संवाददाता १५ चैत्र २०७५, शुक्रबार१५ चैत , काठमाडाै – मोरङको लाटिझोडा सव डिभिजन कार्यालयका प्रमुख सलाउद्दिन अन्सारी ३५ हजार घुसहित पक्राउ परेका छन् ।
सेवाग्राहीलाई काठ काट्न दिने भनी ३५ हजार घुस लिएका उनी डिभिजन वन कार्यालय मोरङको परिसरबाट रंगेहात पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।