मिर्गौला तस्करीलाई ११ वर्षको कैद सजाय

 आवाज संवाददाता     १५ चैत्र २०७५, शुक्रबार

१५ चैत , काठमाडाै – जिल्ला अदालत काठमाडौँले मिर्गौला तस्करीमा संलग्न विकास भन्ने बिनुबहादुर तिमल्सिनालाई ११ वर्षको कैद सजाय सुनाएको छ ।

मङ्गलबार जिल्ला अदालत काठमाडौँले मिर्गौला तस्करीका अभियुक्त बिनुबहादुर तिमल्सिनालाई ११ वर्षको कैद सजाय सुनाउँदै पीडितलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

यसअघि मिर्गौला तस्करीमा संलग्न भनी सरकारी वकिल कार्यालयबाट दायर भएको मुद्दामा अभियुक्तहरु प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई भने जिल्ला अदालत काठमााडौँले सफाइ दिएको छ । २०७३ साल माघ २ गते दायर भएको मुद्दामा चैत १२ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णप्रसाद पौडेलले अभियुक्त तिमल्सिनालाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय र क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF