एकआपसमा २ मोटरसाइकल ठोक्किदा ३ जनाको मृत्यु
आवाज संवाददाता १७ चैत्र २०७५, आईतवार१७ चैत , काठमाडाै – बर्दियाको पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकाको बनगाईमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किदा आइतबार बिहान तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु हुनेहरुमा मधुवनका सुरज चौधरी,कृष्णा चौधरी र बारबर्दिया–९ का खगेन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले जानकारी दिए ।
उनका अनुसार भे ८ प ६९६८ सुरज र कृष्णा सवार थिए भने र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकलमा बस्नेत सवार थिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।