दोलखाली छोरो रमेश कुमार श्रेष्ठको ‘नम्बरी चप्पल’ म्युजिक भिडियो सार्वजनिक

 आवाज संवाददाता     १७ चैत्र २०७५, आईतवार

१७ चैत , काठमाडाै – दोलखाली छोरो रमेश कुमार श्रेष्ठको ‘नम्बरी चप्पल’ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । श्रेष्ठको एकल स्वरमा रहेको यो गीतमा कृष्णकुमार राईको शब्द सृजना र संगीत रहेको छ भने म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन ।

श्रेष्ठ दोलाखाली होनाहार युवा लामो समय देखि नेपाली लोकगीत संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक हुन ।

निश्चल केसीको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा आँचल शर्मा, सुनील क्षेत्रीको अभिनय रहेको छ । जसमा आँचलको चप्पल चोर्न लाग्दा पक्राउ परेपछिको अवस्थामा गीतमा अभिनय देखाइएको छ ।

भिडियो
https://youtu.be/aKN_qp5_fQk

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF