भिरबाट लडेर युवतीको मृत्यु

 आवाज अनलाइन     २२ चैत्र २०७५, शुक्रबार

दोलखा, चैत २२

दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा नं १ भैँसे भिरमा घाँस काट्ने क्रममा लडेर एक जना युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
कालिन्चोक १ तारेभिर निवासी रामबहादुर तामाङकी १७ वर्षीया छोरी चिनीमाया तामाङ हिजो दिउँसो भैँसेभिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
इलाका प्रहरी कार्यालय सिँगटीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।